१५ फाल्गुन २०७७, शनिबार

बैंक अफ काठमाण्डूले २५औं बार्षिकोत्सवमा सार्वजनिक गर्यो नयाँ योजना र सुविधाहरु

आर्थिक सञ्जाल
७ फाल्गुन २०७६, बुधबार १४:३९

आर्थिक सञ्जाल ।  बुधबार, ७ फागुन २०७६
काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) ले २५औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव समारोहको नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले उदघाटन गरेका थिए । साथै बैंकको २५औं बर्षको लोगो समेत सार्वजनिक गरेका छन ।          बैंकले बुधबार विहान एक प्रभातफेरि कार्यक्रम गर्नुका साथै रक्तदान कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना गरेको छ । बार्षिकोत्सवकै अवसरमा बीओकेले ‘बीओके कृषि कर्जा’ नामक कर्जा योजना र ‘सहज बचत खाता’ नामक निक्षेप योजना पनि सुरु गरेको छ ।                                                                                                                              त्यस बाहेक सेवामा प्रविधिको प्रयोग बढाउन ‘बीओके स्मार्ट’ नामक मोवाइल बैंकिङ्ग मार्फत गरिने पहिलो कारोबार अन्तर्गत नेपाल टेलिकम र एनसेलको प्रिपेड तथा पोष्टपेड टपअप गर्दा २५ प्रतिशत नगद फिर्ता हुने योजना समेत सार्वजनिक गरेको छ ।