२ जेष्ठ २०७८, आईतवार

डिभिजन प्रमुख १ लाख घुससहित पक्राउ

आर्थिक सञ्जाल
७ फाल्गुन २०७६, बुधबार १४:१३

आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६
बैतडी । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट १ लाख घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले बुधबार उनलाई १ लाख घुस सहित पक्राउ गरेको छ ।
चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कन्चनपुर कार्यालयले जनाएको छ ।
आयोगका अनुसार भट्टलाई आज महेन्द्रनगरमा राखिने र भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल लगिने छ ।