२८ बैशाख २०७८, मंगलवार

फेरी स्थगित भयो स्ववियू निर्वाचन

आर्थिक सञ्जाल
७ फाल्गुन २०७६, बुधबार ०९:०९

आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६
काठमाडौं । पटक–पटक सर्दै आएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन १४ गते पनि नहुने भएको छ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ ।
सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चुनाव स्थगित भएको जानकारी दिएको छ ।
त्रिविले यस अघि क्याम्पसहरुमा हाल रहेको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल पूरा भएकाले नयाँ स्ववियू चुनाव फागुन १४ गते गर्ने निर्णय गरेको थियो ।
तर प्रमुख प्रतिपक्षी दलको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आफूहरुसँग छलफल नगरी मिति तोकेको भन्दै असहमति जनाएको थियो ।