१० बैशाख २०७८, शुक्रबार

सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो

आर्थिक सञ्जाल
६ फाल्गुन २०७६, मंगलवार १६:३८

आर्थिक सञ्जाल – ६ फाल्गुन २०७६, मंगलबार                                                                    काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । पुसमा सबै भन्दा धेरै बढेर तोलाको ७६ हजार ५०० सम्म पुगेको सुनको भाउ फागुन महिनामा फेरि त्यसरी नै बढ्न थालेको हो । मंगलबार छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर ७६ हजार ७०० रुपैयाँ पुगेको छ । सोमबार छापावाला सुनको भाउ ७६ हजार ५०० रुपैयाँ थियो । सम्भवतः यो अहिलेसम्मकै उच्च भाउ हो ।
यस्तै, तेजावी सुनको भाउ पनि तोलामा २०० रुपैयाँले नै बढेर ७६ हजार ४०० रुपैयाँ पुगेको छ । सोमबार तेजावी सुनको भाउ तोलाको ७६ हजार २०० रुपैयाँ थियो ।
यता, चाँदी भने सोमबारकै भाउ प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ चुलिएपछि त्यसको प्रत्यक्ष असरका कारण नेपाली बजारमा सुनको भाउ उकालो लागेको व्यवसायीहरु बताउँछन् ।