१० बैशाख २०७८, शुक्रबार

आज सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

आर्थिक सञ्जाल
५ फाल्गुन २०७६, सोमबार १५:०४

आर्थिक सञ्जाल – ५ फाल्गुन २०७६, सोमबार काठमाडौं ।नेपाली बजारमा हिजो (आइतबार) ह्वात्तै बढेर उच्च विन्दुमा पुगेको सुनको मूल्य आज (सोमबार) भने स्थिर रहेको छ ।
आइतबार तोलामा ५ सयले बढेर प्रतितोला ७६ हजार ५ सय रूपैयाँ पुगेको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने बढेको छ । आज पनि चाँदी तोलामा ५ रूपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँ कायम रहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।