२० फाल्गुन २०७७, बिहीबार

नाट्टा गण्डकी अध्यक्षमा सिग्देल

आर्थिक सञ्जाल
४ फाल्गुन २०७६, आईतवार १४:०३

 

४ फागुन २०७६, आईतवार काठमाडौं । ट्राभल व्यवसायीको छाता सङ्गठन नाट्टा गण्डकी प्रदेशको ११आँ अधिवेशनले सञ्जयकान्त सिग्देललाई अध्यक्षमा निर्वाचित गरेको छ ।
शनिबार सम्पन्न अधिवेशनमा सिग्देलले प्रतिस्पर्धी झवि अधिकारीलाई २० मतले पछाडि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । एक सय ८१ जना मतदाता रहेकामा झविले ७० मत प्राप्त गरेका थिए भने सिग्देलले ९० मत प्राप्त गरेर निर्वाचित भएका हुन् । अधिवेशनबाट प्रथम उपाध्यक्षमा हरिराम अधिकारी, द्वितीय उपाध्यक्ष किशोर दाहाल, महासचिवमा कमला गिरी, सचिवमा सङ्गीता पौडेल, कोषाध्यक्षमा राजेश पहारी र सहकोषाध्यमा नवराज भण्डारी विजयी भएका छन् ।
त्यसैगरी सदस्यमा सुवास पहारी, ताराप्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशीला सिग्देल र खिमबहादुर नेपाली विजयी भएका छन् १५ सदस्यीय कार्यसमितिमा पदाधिकारी सहित तीन महिला निर्वाचित भएका छन् ।

नाट्टाको इतिहासमा पदाधिकारी महासचिवमा पहिलोपल्ट महिलाले नेतृत्व गर्ने अवसर मिलेको हो । गिरीले प्रतिष्पर्धी कुलचन्द्र शर्मालाई जम्मा १२ भोटले पछि पार्दै निर्वाचन जित्न सफल भएकी हुन् ।