७ बैशाख २०७८, मंगलवार

आर्मीलाई हराउँदै ए डिभिजन लिगको उपाधि मछिन्द्रले हात पार्यो

आर्थिक सञ्जाल
४ फाल्गुन २०७६, आईतवार ०८:३९

काठमाडौं । यस बर्षको शहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले हात पार्न सफल भएको छ । दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा मछिन्द्रले त्रिभुवन आर्मीलाई १–० गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको छ । खेलको ३४ औँ मिनेटमा मछिन्द्रका रजीन धिमालले हानेको फ्री किकलाई आर्मीका डिफेन्डर विकास तामाङले आफ्नै पोष्टमा गोल गर्दै मछिन्द्रलाई जिताउने काम गरेका हुन् । अंक तालिकामा मछिन्द्रको ३१ छ भने त्रिभुवन आर्मीको २९ अंक रहेको छ ।