२५ बैशाख २०७८, शनिबार

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३० जना पक्राउ

आर्थिक सञ्जाल
३ फाल्गुन २०७६, शनिबार १६:३२

३ फागुन २०७६, शनिबार
काठमाडौं, तारकेश्वर नगरपालिका ९ मनमैजु डेरा गरी बस्ने नुवाकोट पंचकन्या गाउँपालिका २ का दिनेश पन्तको कोठामा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा पन्त लगायत १६ जनालाई नगद ६ लाख २५ हजार रुपैयाँ र ६ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पाल्पा, रामपुर नगरपालिका ५ रानाटोलका रुद्र कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत १४ जनालाई नगद १ लाख ३ हजार २ सय ८५ रुपैयाँ र ८ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।