२२ फाल्गुन २०७७, शनिबार

विभिन्न विष्फोटक पदार्थ सहित ५ जना पक्राउ

आर्थिक सञ्जाल
३ फाल्गुन २०७६, शनिबार १६:२६

३ फाल्गुन २०७६, शनिबार संखुवासभा ।

चैनपुर नगरपालिका १ गुफापोखरीस्थित दोभानेबाट सकेट बम १ थान, रेडबुल बम १ थान र बिभिन्न कागजातहरु सहित ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका ४ का सन्तोष तामाङ, अजय शेर्पा, सभापोखरी गाउँपालिका ३ का एलिना राई, भोजपुर षडानन्द नगरपालिका १० का प्रभा तामाङ र ताप्लेजुङ तातोपानी गाउँपालिका १ का निमनेम्बा शेर्पा रहेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरी तलासी गर्दा उक्त बिष्फोटक पदार्थहरु र बिभिन्न कागजातहरु फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।