३० बैशाख २०७८, बिहीबार

प्राईम लाईफ इन्स्योरेन्सको महाप्रबन्धकमा भण्डारी

आर्थिक सञ्जाल
३ फाल्गुन २०७६, शनिबार १५:४२

 

३ फाल्गुन २०७६, शनिबार

काठमाडौं । प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको महाप्रबन्धकमा चिरायु भण्डारी नियुक्त भएका छन् । बीमा क्षेत्रका अनुभवी भण्डारीले यही फागुन १ गतेबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको महाप्रबन्धकमा नियुक्ति भएसँगै कार्य प्रारम्भ गरेका हुन् । प्राईम लाईफको सञ्चालक समितिको बैठकले नेपाल पुनर्बीमा कम्पनीमा चार वर्ष प्रमुख कार्यकारी अधिकृत (सिईओ) चलाएका भण्डारीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।