२२ फाल्गुन २०७७, शनिबार

परराष्ट्र मन्त्री सोमबार बंगलादेश भ्रमणमा जाँदै

आर्थिक सञ्जाल
३ फाल्गुन २०७६, शनिबार ०९:४१

 

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आगामी सोमबार ढाकातर्फ प्रस्थान गर्नुे भएका छन्। मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव र उक्त मन्त्रालयका वरिष्ठ अधिकारीका साथै उद्योग, वाणिज्य तथा आपूर्ति र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ अधिकृतहरु रहने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवाली नेतृत्वमा ढाकामा दुई देशबीच प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ । दुवै देशका परराष्ट्र मन्त्रीले आपसी सम्बन्धका साथै साझा चासोका ऊर्जा, व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पर्यटन, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवद्र्धनमा केन्द्रित रहेर विचार आदान–प्रदान हुनेछ । मन्त्री ज्ञवालीले बङ्गलादेश अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठानले आयोजना गर्ने ‘नेपाल–बङ्गलादेश सम्बन्ध र दक्षिण एसियाली सहयोग’ विषयमा प्रवचन दिनेछन्। मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।