८ बैशाख २०७८, बुधबार

अब काठमाडौंमा रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन !

आर्थिक सञ्जाल
१ फाल्गुन २०७६, बिहीबार ०९:४०

 

१ फागुन २०७६ काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र अब रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । शहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्र रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन गरिने भएको हो ।
बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाइमा विभिन्न सरोकारवाला निकायसँग भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।
विगतमा २०६९ साल भदौ १ गतेदेखि काठमाडौं महानगरपालिकाको केही आर्थिक अनुदानमा रात्रिकालिन सार्वजनिक यातायात सञ्चालनमा आए पनि १८ महिना सञ्चालनमा आएपछि महासंघले सेवा बन्द गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।