८ बैशाख २०७८, बुधबार

एनआईसी एशिया बैंकद्वारा भ्यालेन्टाइनडेमा सोल्टीमा निशुल्क ’डिनर अफर’

आर्थिक सञ्जाल
२७ माघ २०७६, सोमबार २०:५४

काठमाडौं । एनआईसी बैंकले भ्यालेन्टाइन डे लक्षित गरि बैंकको मोबाइल बैंकिङ्ग एप MoBankमार्फत कारोबार गर्ने ग्राहकलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ ।
जस अन्तर्गत ११ फेब्रेअरी देखि १३ फेब्रेअरी अर्थात माघ २८, २९ र ३० गतेसम्म एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप MoBank कारोबार गर्ने २० भाग्यमानी ग्राहक महानुभावहरुले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनु हुने बैंकले जनाएको छ ।
बैंकको मोबाईल बैंकिङ्ग एप MoBank मार्फत कुनै पनि भुक्तानी जस्तै QR payment, , बिजुली बिल भुक्तानी, mobile top-up  गायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहक महानुभावलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिने छ ।
तर, यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन । यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्नु हुने ग्राहकलाई फोन मार्फत जानकारी दिने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । डिनर जित्नुहुने ग्राहक महानुभावले आफ्नो कुपन सहित भ्यालेन्टाइन डे को दिन अर्थात फेब्रेअरी १४ मा सोल्टी क्राउन प्लाजा होटलमा भब्य डिनर गर्न पाउने हुनेछ ।
बैंकले यो विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पु¥याउने विश्वास लिएको छ । यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ्ग प्रति लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको रहेको छ ।
बैंकले यस्ता थुप्रै अन्य योजनाहरु ल्याइसकेको छ भने भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जानकारी गराएको छ । साथै बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई विभिन्न cash back अप अफर नियमित रुपमा दिइरहेको छ ।
यस बैंकको MoBannk मार्फत NTC/NCELL top up गर्दा ३ प्रतिशत cash back  तथा हरेक बुधबारDaraz-com बाट सामान खरिद गर्दा १० प्रतिशत वा रु. ५०० सम्मको cash back, हरेक शुक्रबार happy hour मा एप मार्फत भुक्तानी गर्दा अधिकतम रु. १०० सम्म cash back र तथा Note 10+ खरिद गर्दा अधिकतम रु. ३,००० सम्मको छुट दिने व्यवस्था बैंकले ल्याएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुक भर ३१३ शाखा कार्यालयहरु, ४४२ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ५१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।