२८ बैशाख २०७८, मंगलवार

समिट लघुवित्तको नाफा २८ प्रतिशतले बढ्यो

आर्थिक सञ्जाल
२७ माघ २०७६, सोमबार १४:४३

काठमाडौं । २७ माघ २०७६ चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म समिट लघुवित्त संस्थाले ३ करोड ३३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको तुलनामा संस्थाको २८ दशमलवले बढी हो । गत बषको सोहि अवधिमा संस्थाले २ करोड ६० लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

संस्थाको संचालन नाफा र खुद ब्याज आम्दानीमा सुधार आएको छ । लघुवित्तको संचालन नाफा २४ दशमलव ७५ प्रतिशतले बढेको छ भने खुद ब्याज आम्दानी २८ दशमलव १३ प्रतिशतले बढेको छ ।
त्यस्तै संस्थाको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८९ पैसा र प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६८ पैसा रहेको छ ।