२१ फाल्गुन २०७७, शुक्रबार

नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा किरणकुमार श्रेष्ठ उपाध्यक्षमा मिश्र र पोखरेल निर्वाचितनिर्वाचित

आर्थिक सञ्जाल
२७ माघ २०७६, सोमबार १४:१९

 

काठमाडौं माघ २७ गते । नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार बिहान भएको निर्वाचनमा श्रेष्ठ निर्वाचित भएका हुन् ।
श्रेष्ठ ब्यक्तिगत तर्फबाट संघमा सदस्य निर्वाचित भएका थिए ।
म्यानको प्रथम उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र निर्वाचित भएका छन् । त्यसैगरी द्वितीय उपाध्यक्षमा आइएमइ समूहका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल निर्वाचित भएका छन् ।
महासचिवमा कृषि विकास बैंकका धर्मानन्द अवस्थी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा अनु श्रेष्ठ जोशी निर्वाचित भएकी छिन् । नेपाल व्यवस्थापन संघ म्यानमा १९ कार्य समिति सदस्य चयन समेत भएका छन् ।