२२ फाल्गुन २०७७, शनिबार

शेयर बजारमा चलहपहल बढेपनि लगानीकर्तामा ब्याजदरको क्रास कायमै

आर्थिक सञ्जाल
२७ माघ २०७६, सोमबार ०८:२७

 

आर्थिक सञ्जाल । काठमाडौं, माघ २७ शेयर धितोमा राखेर लिइने चर्को ब्याजदर आकासिएका कारण शेयर बजार मापक नेप्से १३५० अंकको दुरी पार गर्न कठिन भएको छ ।
लगानी योग्य रकम अभाव भन्दै ८–९ प्रतिशत ब्याजमा पाइने शेयर धितो कर्जा १४–१५ प्रतिशत पुगेपछि लगानीकर्ता क्रसित बन्न पुगेका छन् । चर्को शेयर धितो कर्जा अझै घट्ने संकेत देखिएको छैन् । तरलतको अभाव हट्दै गएपछि कर्जाको ब्याजदर घटने र कम ब्याजदरमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउने आशामा रहेका लगानीकर्ता निराश बन्न पुगेका छन् । यसले गर्दा पनि शेयर बजार सोचे जति बढन नसकेको शेयर बिश्लेषको भनाइ छ ।
पछिल्लो समय शेयर बजार केही उकालो लागेपनि खासै माथि जान सकेको छ्रन् । यो वर्ष २०७६ को सुरुवातदेखि नै शेयर बजार मापक नेप्से निरन्तर उकालो लागेको छ । यसलाई लगानीकर्ताले सुभ रहने संकेत लिएका छन् । तर, ब्याजदर नघटदा उनीहरुले सोचेजस्तो बजार बढन सकेको छैन् ।
२०७६ सालको सुरुमा ११८८.७१ अंकमा रहेको नेप्से सोमबारसम्ममा १३१९.९९ अंकमा पुगेको छ । नयाँ वर्ष सुरु भएको महिना दिन नवित्दै नेप्से करिव १०७ अंकले बढेको थियो । त्योसँगै लगानीकर्तामा उत्साह छाएको थियो । तर, पछिल्लो समय शेयर बजारमा चलहपहल बढी देखिएपनि लगानीकर्तामा ब्याजदरको क्रास कायमै छ ।
बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेकाले सेयर बजार केही बढन पुगेको लगानीकर्ताको भनाइ छ । अन्य कारणभन्दा पनि बैंक तथा वित्तीय संस्थाको आम्दानी बढेकोले शेयर बजारमा सुधार आएको हो । शेयर बजार बढ्ने संकेत देखिएपछि सबैले सेयर खरिद गर्न थालेपछि नेप्से बढेको बिज्ञहरुको भनाइ छ । तर, ब्याजदरको दरिलो टेको नेप्सेमा लगाउन नसक्दा शेयर बजार धेरै बढन सकेको नसकेको उनीहरुको बिश्लेषण छ ।
बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका लगानीकर्ताले पछिल्लो समय सकारात्मक धारणा बनाउन पुगेका छन् । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अभावको समस्या सामाधान हुने अपेक्षा पनि लगानीकर्ताले गर्न थालेका छन् ।

चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढ्ने र त्यो रकम बैंकिङ प्रणालीमा आउने भएकाले तरलताको अभाव हट्ने अनुमान गरिएको छ । तरलताको अभाव अन्त्य भएमा शेयर धितो कर्जाको ब्याजदर घट्ने अपेक्षा गरेकाले पनि शेयर बजारमा सुधार आएको हो ।

लगानीकर्ताहरु शेयर धितो कर्जा एकल अंकमा ल्याउन जोड दिइरहेका छन् । शेयर कर्जाको ब्याजदर १० प्रतिशतको हाराहारीमा आउने हो भने पनि शेयर बजार बुलिस टेनमा जाने ब्रोकरहरु बताउँछन् ।
चालुु आर्थिक वर्ष सुरु भएदेखि नै बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकमको अभाव खेपिरहेका छन । त्यसकै प्रभावका कारण शेयर बजार खासै सुधार हुन नसकेको हो । तर, अहिले तरलताको अभाव क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ ।
२०७३ साउन १२ गते कीर्तिमानी १८८१.४५ अंकमा पुगेको नेप्से निरन्तर ओरालो लाग्दै आए पनि पछिल्ला दिनमा सुधारका संकेत देखिएका छन् । ११ सय अंक नजिक आइपुगेको नेप्से १३ सय बिन्दुबाट माथि उक्लेको छ ।

नेपाल राष्ट्र बैंकले सरकारी ढुकुटीमा रहेको रकम खर्च हुँदै जाने र यसले कर्जाको ब्याजदर घट्ने बताउँदै आएपनि लगानी योग्य रकमको अभाव अझै कायमै छ । राष्ट्र बैंकले लगानी योग्य पुँजी अभावको समस्या समाधान गर्न विदेशी बैंकबाट कर्जा ल्याउने व्यवस्था गरेपनि बैंकहरुले ल्याउन सकिरहेका छैनन् ।

विदेशी बैंकबाट लिने कर्जाले बैंकिङ प्रणालीमा देखिएको तरलता समस्या समाधान हुने र समग्र कर्जाको ब्याजदर घट्ने अपेक्षा गरिएको भएपनि त्यो आकासको फल आखाँतरी मर जस्तै भएको छ ।
आर्थिक वर्षको अन्त्यतिर सरकारी ढुकुटीमा रहेको रकम खर्च हुने र यसले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव हट्ने अपेक्षा गरिएकाले पनि शेयर बजारमा सुधार आएको विज्ञहरु बताउँछन् ।