८ बैशाख २०७८, बुधबार

अवैध लागूऔषध सहित पक्राउ

आर्थिक सञ्जाल
२६ माघ २०७६, आईतवार १३:४०

काठमाडौं । २६ माघ काठमाडौंको स्यूचाटारबाट मकवानपुर कैलाश गाउँपालिका घर भई सितापाईला बस्ने मिरा अधिकारीलाई ३.५ किलो अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्यूचाटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरि बाँके, नेपालगंज उपमहानगरपालिका जमुनाहबाट करिब १८ ग्राम ५ सय मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली टिकापुर नगरपालिका ज्योतिनगरका शिबराज पुरी र सोही ठाउँ बस्ने बिष्णु पुरी रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरीले भे.९ प ६५२९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारतबाट लुकाई छिपाई टायर कभरमा ल्याएको उक्त लागूऔषध फेला पारी चालक पुरी र मोटरसाइकलमा सवार बिष्णुलाई पक्राउ गरेको छ ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका जमुनाहबाट अब्दुल रसिदलाई करिब २ सय ग्राम लागूऔषध ब्राउन सुगर सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अनटेष्ट’ लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।