२ जेष्ठ २०७८, आईतवार

अवैध लागूऔषध सहित पक्राउ

आर्थिक सञ्जाल
२५ माघ २०७६, शनिबार १९:५७

काठमाडौं । २५ माघ सिरहा, अर्नामा गाउँपालिका १ ईस्लामपुरबाट अवैध लागूऔषध गाँजा करिब १२ केजी सहित सोही ठाउँ बस्ने मोहमद सकिल र नराहा गाउँपालिका देविपुर बस्ने राजिन महरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको छ ।
महोत्तरी, जलेश्वर नगरपालिका जलेश्वर बजारबाट अवैध लागूऔषध गाँजा करिब १० केजी सहित पर्सा ससुवापर्सौनी गाउँपालिकाका पाना देवी पासवान र सलटनिया देवी श्रेष्ठलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरि सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० ग्राम सहित कालिकोट रासकोट नगरपालिका घर भएका किरण सहकारीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको थियो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।