२५ फाल्गुन २०७७, मंगलवार

राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा सम्पन्न

आर्थिक सञ्जाल
२४ माघ २०७६, शुक्रबार १७:४१

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज शुक्रबार दरबारमार्ग स्थित बैंकको सभाहलमा १४ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड ७५ हजार रुपैयाँ नगद लाभांस (कर प्रयोजनार्थ सहित) विवरण प्रस्ताव पारित गरेको छ । सभामा बैंकले गत आर्थिक बर्षको नाफा–नोक्सान, हिसाब, नगद लगायतका बिषयमा छलफल गरी पारित गरेको छ ।
बैंकको हाल ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।