२० फाल्गुन २०७७, बिहीबार

प्रभु बैंकका शेयरधनीको बोनस शेयर हितग्राही खातामा जम्मा

आर्थिक सञ्जाल
२४ माघ २०७६, शुक्रबार १७:२९

काठमाडौं । प्रभु बैंकका शेयरधनीको बोनस शेयर हितग्राही खातामा जम्मा भएको छ । बैंकले गत मंसिर ६ गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनस शेयर जम्मा गरेको छ ।
कात्तिक २५ गतेसम्म भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ भने सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा पनि क्रमश जम्मा गर्दै जाने बैंकले गरेको छ ।
हालसम्म पनि शेयर डिम्याट नगराएका शेयरधनीले शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड वा आफूलाई पाएक पर्ने प्रभु बैंकको शाखा कार्यालयहरुमा वा अन्य कुनै पनि निक्षेप सदस्यहरु मार्फत हितग्राही खाता खोली शेयर डिम्याट गरेपछि बोनस शेयर हितग्राही खातामा जम्मा हुनेछ । शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।