१५ फाल्गुन २०७७, शनिबार

राष्ट्रिय वाणिज्य बैंकको नगद लाभांश पारित हुदैं

आर्थिक सञ्जाल
२३ माघ २०७६, बिहीबार १७:३६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १३ औं वार्षिक साधारण सभा शुक्रबार बोलाएको छ ।
बैंकको केन्द्रिय कार्यालय, सिंहदरबार बोलाईएको वार्षिक साधारण सभामा गत आ.व.को वार्षिक प्रतिवेदनसँगै १२ प्रतिशत नगद लाभांश पारित हुनेछ । सभाको विशेष प्रस्तावमा बैंकको प्रबन्धपत्र र नियमावली संशोधन रहेको छ । हाल कायम रू. ९ अर्ब ४७ लाख ९५ हजार चुक्तापूँजीको आधारमा बैंकले नगद लाभांश दिन लागेको हो । गत असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको जगेडा कोषमा रू. १३ अर्ब ७१ करोड ७१ लाख भन्दा बढी रकम रहेको छ । त्यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ३० करोड ६३ लाख ११ हजार रहेको छ । यस बैंकले पछिल्लो वित्तीय विवरण भने हालसम्म सार्वजनिक गरेको छैन् । सरकारी स्वामित्वमा रहेको यस बैंकले हालसम्म सर्वसाधारणलाई शेयर जारी गरेको छैन् ।