२५ फाल्गुन २०७७, मंगलवार

फागुन १६ मा शुभम पावरको वार्षिक साधारण सभा

आर्थिक सञ्जाल
२३ माघ २०७६, बिहीबार १०:१६

माघ २३, काठमाडौं । शुभम पावर लिमिटेडको पाँचौं वार्षिक साधारण सभा आगामी फागुन १६ गते हुने भएको छ । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय, काठमाडौंमा हुने भएको छ । कम्पनीको गत माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको थियो ।

साधारण सभाको प्रस्तावमा आर्थिक वर्ष २०७५र०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, सोही आ.व.को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने तथा विविध विषयहरु रहेका छन् ।