१८ फाल्गुन २०७७, मंगलवार

काँग्रेस उपसभापति गच्छदार सांसदबाट निलम्बित

आर्थिक सञ्जाल
२२ माघ २०७६, बुधबार २१:२६

काठमाडौं । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार सांसदबाट निलम्बित भएका छन् । अख्तियार दरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मुद्दा दर्ता गराएपछि सो मुद्दा अन्तिम किनारा नलागेसम्म गच्छदारको सांसदको रुपमा संसदमा जान पाउने छैन ।
राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन पाउँदैन । कांग्रेसका नेताहरु खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, जेपी गुप्तालगायतका नेता सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि जेल समेत बस्नु परेको अवस्था आएको थियो ।