२५ बैशाख २०७८, शनिबार

सुन प्रतितोला ८ सय रुपैयाँले घट्यो

आर्थिक सञ्जाल
२२ माघ २०७६, बुधबार १२:०५

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
मंगलबार अर्थात साताको तेस्रो दिन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कारोबार भएको तेजावी बुधबार ७४ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको छ ।
चाँदी मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेर ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।