१८ फाल्गुन २०७७, मंगलवार

डलर एक सय १५ रुपैयाँ नजिक, विज्ञ भन्छन्, ‘डलर अझै महँगिन्छ,’

आर्थिक सञ्जाल
२२ माघ २०७६, बुधबार १०:१५

आर्थिक सञ्जाल,  काठमाडौं । माघ २२

डलर एक सय १५ रुपैयाँ नजिक पुगेको छ । बुधबार घरेलु बजारमा १ अमेरिकी डलर बराबर १ सय १४ रुपैयाँ ४३ पैसामा कारोबार भएको छ । डलरको विनिमय दर अझै महँगिने बिज्ञहरुले बताएका छन् । अमेरिकी रोजगारी र अर्थतन्त्र सुधारात्मक गतिमा देखिएकाले डलरलाई थप महँगो बनाएको छ । अमेरिकी अर्थतन्त्रमा सुधार आएका कारण पनि डलर बढेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले बताए । यसैगरी अमेरिकामा बेरोजगारी घटेकोले पनि डलर बढन सघाउ पुगेको क्षेत्रीको भनाई छ ।
करिव ५ बर्ष अघि १ डलर खरिद गर्न लगभग ७१ रुपैयाँ तिर्नुपथ्यो । तर अहिले १ डलर खरिद गर्न करिव १ सय १५ रुपैयाँ तिर्नुपर्छ । डलर महँगिएकाले तेस्रो मुलुकबाट आयात हुने सामानको अत्यधिक मूल्य बृद्धि हुने देखिन्छ । न्यून आय भएका नेपालीका लागि अब भारत बाहेक सबै मुलुकबाट आयात हुने सामानको भाउ उच्च दरले महँगिने छ भने भारतबाटै आयात हुने कतिपय बस्तुको मूल्य पनि बढने छ ।
नेपाली पैसा यति धेरै सस्तिनुमा नेपालको कुुनै आन्तरिक कारण छैन् र यही अबस्थामा नेपालको सरकार र केन्द«ीय बैंकले कुनै उपचार खोज्न सक्ने विकल्प पनि छैन् ।
नेपाली मुद्रा र भारतीय रुपैयाँबीच स्थीर विनिमय दर कायम गरिएकाले भारतीय रुपैयाँमा आएको उतारचढावको सीधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ । भारु सस्तिए नेरु पनि सस्तिन्छ, भारु महँगिए नेरु पनि महँगिन्छ । आन्तरिक बजारमा अमेरिकी डलर तीब्र रुपमा महँगिरहेको छ ।
विश्व बजारमा अमेरिकी डलरको माग उच्च दरले बढनु र प्रमुख एशियाली मुद्राहरु कमजोर हुँदै जाँदा नेपाली रुपैयाँको तुलनामा पनि अमेरिकी डलर महँगिने पुगेको हो । भारतीय मुद्रा डलरको तुलनमा कमजोर भएपछि भारुसँगै स्थिर विनियम दर कायम भएको नेपाली मुद्रा पनि सस्तिाएको हो ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र सुनमा आएको अस्थिरताले लगनीकर्ताले अन्यत्र क्षेत्रमा लगानी गरेका कारण डलरको मूल्य बढेको क्षेत्रीको भनाई छ । उनले भने, ‘सुन र तेलमा घटबढ भएका कारण डलर बढन पुगेको हो ।’
अमेरिकी शेयर बजारप्रति संसारभरका लगानीकर्ताको आकर्षण बढेको बढ्यै छ । यसले डलरलाई थप बलियो बनाउन सहयोग गरेको छ ।
भारतको बाटो हुँदै आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा पर्ने चापले ढुवानी लागत बढन जानेछ र यसले आन्तरिक उत्पादनको मूल्यलाई समेत प्रभावित पार्ने छ ।
हवाई भाडामा हुने परिवर्तनले सडक सञ्जाल नपुगेका दुर्गमका गरिव मानिसको स्वास्थोपचार नराम्ररी प्रभावित हुनेछ ।व्यापार घाटा चुलिनेछ ।
डलर महँगिदा नेपालीले खुशी मान्नुपर्ने एउटै मात्र बिषय रेमिटयान्स (बिप्रेषण) आप्रवाह हो । यसले सरकारी खातामा गम्भीर दुर्घटनाबाट अस्थायी रुपमा रोक्न केही सहयोग त गर्ने छ, तर जनस्तरमा यसले असमानता अझ बढाउनेछ । बिज्ञहरुका अनुसार डलरको तीब्र अधिमुल्यनले गरीवीको संख्या बढने छ ।
अमेरिकी ट्रेजरी विलमा लगानी गरेका कारण डलर बढेको हुन सक्ने नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । उनले भने, ‘सुरक्षित लगानी खोज्न थालेको पनि डलरको भाउ बढेको हो ।’