२८ बैशाख २०७८, मंगलवार

कामना सेवाकोे प्रदेश ५ मा ११८ औं शाखा सञ्चालन

आर्थिक सञ्जाल
२१ माघ २०७६, मंगलवार १९:१७

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको होराइजन चोकमा मंलगबार ११८ औ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । होराइजनचोक शाखाको समुदघाटन प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिमप्रसाद तुलाचनले संयुक्त रुपमा गरेका थिए । काठमाडौंको ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।
साथै बैंकले एबिबिएस, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ,  लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।