१८ फाल्गुन २०७७, मंगलवार

पैसा ठिक्क पारेर राख्नुस है, ६ अर्ब ६३ करोडको आइपीओ आउँदैछ

आर्थिक सञ्जाल
२१ माघ २०७६, मंगलवार ०९:५२

 

आर्थिक सञ्जाल । काठमाडौं, माघ २२

पैसा ठिक्क पारेर राख्नुस है, ६ अर्ब ६३ करोड रुपैयाँको आइपीओ आउँदै छ । १०० रुपैयाँमै खरिद गर्न सकिने भएकाले यस्ता कम्पनीको सेयर भर्न सर्वसाधारण उत्सुक हुने गर्छन् ।
फेस भ्यालुमा लगानी गर्न पाइने भएकाले नयाँ लगानीकर्ताका लागि पनि यो निकै महत्वपूर्ण अवसर हुने छ । तर लगानी गर्नुअघि कम्पनीहरुको वित्तीय सूचक भने अध्ययन गर्न आवश्यक हुन्छ ।
सर्वसाधारणका लागि आइपीओमार्फत सेयरको दोस्रो बजारमा प्रवेश भर्ने मौका हो । साथै, यसले बजारमा केही मात्रामा आपूर्ति पनि बढाइदिन्छ ।
नेपाल धितोपत्र बोर्डमा यतिबेला आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या १८ पुगेको छ । यी कम्पनीले ६ अर्ब ६३ करोड २० लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेका हुन् । पाइपलाइनमा रहेका सबै कम्पनीलाई बोर्डले आइपीओ जारी गर्ने अनुमति दिएमा कुल ६ करोड ६३ लाख २० हजार ५ सय ९६ कित्ता सेयर दोस्रो बजारमा थपिनेछ ।
धितोपत्र बोर्डसँग आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् । पाइपलाइनमा रहेका १७ मध्ये १२ वटा जलविद्युत् कम्पनी रहेका छन् । हिमालयन, विध्नवासिनी, मध्य भोटेकोशी, सुभम, तेह्थुम, मैलुड., माउन्टेन, ग्रीन लाइफ, सिगटी, लिवर्टी, युनाइटेड, आरबी हाइडोपावर छन् ।
जलविद्युत समूहको मात्रै ३ अर्ब ८८ करोड ४९ लाख ३२ हजार रुपैयाँ बराबरको आइपीओ पाइपलाइनमा छ ।

त्यस्तै, एमजीड. नेपाल, सीइडीवी, एनआरएन इन्फास्टकचर गरी ३ कम्पनी अन्य समूह अन्तर्गतका रहेका छन् । यी कम्पनीहरुको पनि ६४ करोड १६ लाख २७ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन हुने तयारी रहेको छ ।
साथै एनआइसी एशिया लघुवित्तको ४७ करोड ५५ लाख रुपैयाँको सेयर पनि आउँदै छ । यसैगरी, नेपाल रिइन्योरेन्सको १ अर्ब ६० करोड रुपैयाँको सेयर पनि आउँदै छ । सिवीआइएल क्यापिटले पनि सेयर निष्कासनको तयारी गरेको छ । यी कम्पनी पनि आइपीओ जारी गर्नका लागि धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन् ।
यद्यपि, सीइडीबी हाइड्रोपावर र मैलुङ खोला जलविद्युतले आइपीओ जारी गर्न विगत लामो समयदेखि बोर्डमा अवेदन दिए पनि स्वीकृति भने पाएका छैनन् । बोर्डमा आइपीओ जारीका लागि अनुमति दिने अधिकांश कम्पनीले आफ्नो वार्षिक साधारण सभा मार्फत आइपीओ निकाष्सन गर्ने प्रस्ताव पारित गरिसकेका छन् ।
प्राथमिक बजारमा आइपीओ जारी हुने गर्छ । त्यसरी जारी भएको सेयर कारोबारका लागि नेप्से तथा सीडीएसमा सूचीकरण गर्नुपर्छ । यसर्थ, आइपीओले पुँजी बजारको दायरा थप फराकिलो पार्ने गर्छ ।