८ बैशाख २०७८, बुधबार

भक्तपुरको कमल विनायकमा ग्लोबल आइएमई बैंक

आर्थिक सञ्जाल
२१ माघ २०७६, मंगलवार ०८:४६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भक्तपुरको कमल विनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिक स्थित कमल विनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २७० पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले २७० वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।