३० बैशाख २०७८, बिहीबार

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, ग्यासको बढ्यो

आर्थिक सञ्जाल
२१ माघ २०७६, मंगलवार ०८:४१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा विक्री मूल्य घटाएको छ । निगमले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँले घटाएको हो ।निगमका अनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर रू. १११ बाट घटाएर ११० कायम गरिएको छ । साथै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रू. १०० बाट घटाएर ९९ रुपैयाँ कायम गरिएको छ । निगमले एलपी ग्यासको मूल्य भने सिलिन्डरमा २५ रुपैयाँ बढाएको छ भने एलपी ग्यासको मूल्य १ हजार ३५० बाट बढाएर १ हजार ३७५ पुरयाएको छ । यद्यपि हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।
निगमले इन्डियन आयल कर्पाेरेशनले फेबु्रअरी १ तारिखमा पठाएको मूल्य अनुरूप यी पदार्थको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन गरेपछि वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ४० पैसाले सस्तो भएको छ । साथै, डिजेलको मूल्य पनि १६ रुपैयाँ २७ पैसा सस्तो भएको निगमले स्रोतले बताएको छ ।