३० बैशाख २०७८, बिहीबार

एक्सेल डेभलपमेन्ट बैंकद्धारा लाभांश प्रस्ताव

आर्थिक सञ्जाल
१९ माघ २०७६, आईतवार ११:२०

१९ माघ २०७६, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई १८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको माघ १८ गते बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँको १७ दशमलव १० प्रतिशत अर्थात ११ करोड ८४ लाख रुपैयाँ बराबरको नगद र कर प्रयोजनको लागि ० दशमलव९० प्रतिशत अर्थात ६२ लाख ३४ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछ ।