१२ फाल्गुन २०७७, बुधबार

५  बिचौलियाहरु नियन्त्रणमा

आर्थिक सञ्जाल
१८ माघ २०७६, शनिबार १२:२०

१८ माघ ललितपुर । महानगरीय प्रहरी परिसर, ललितपुरबाट खटिएको प्रहरी टोलीले यातायात कार्यालय कुसुन्तीमा सेवाग्राहीहरुलाई अनावश्यक हैरानी दिने ५ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका नैकापका राजकुमार दुलाल, धनुषाका धिरज ठकुरी, ललितपुर महालक्ष्मीस्थानका जितबहादुर रिजाल, सिन्धुलीका कुमार श्रेष्ठ र चितवनका अमृत बि.क छन् । नियन्त्रणमा परेकाहरुले यातायात कार्यालय कुसुन्तीमा सेवाग्राहीहरुलाई काम छिटो गरिदिन्छु भने प्रलोभनमा पारी अनावश्यक हैरानी दिने गरेकोले गत बुधबार उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।