२ जेष्ठ २०७८, आईतवार

एनसीसी बैंकको २२औं साधारण सभा

आर्थिक सञ्जाल
१८ माघ २०७६, शनिबार ०९:१२

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २२ औं वार्षिक साधारण माघ १७ गते शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको उक्त वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७५\०७६ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ७६ हजार १२३ रूपैयाँको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पारित भएको छ । त्यस्तै, सभामा आर्थिक वर्ष २०७६\०७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरिएको छ ।

यसैगरी, सञ्चालक समितिले निर्णय गरेको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पनि सभामा पारित गरिएको छ । त्यस्तै, सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित गरिएको छ । यस्तै, सभामा आर्थिक वर्ष २०७५\०७६ को कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने छ ।
महिला सञ्चालक निर्वाचन गर्ने प्रयोजनका लागि बैंकको नियमावलीमा पहिलो पटक सर्वसाधारण सेयरधनी समुहबाट, दोस्रो पटक संस्थापक सेयरधनी समूहबाट र त्यसपछि यही क्रमले आलोपालो प्रणालीबाट निर्वाचन हुने व्यवस्था गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षण कार्यका लागि पि.जे. थापा एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७५र६५ मा ७३ खर्ब ३८ करोड रुपैयाँ निक्षेप परिचालन गरी ६३ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, उक्त वर्षमा कर तथा बोनस पछि १ अर्ब २ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।