१५ फाल्गुन २०७७, शनिबार

सरस्वती क्लबको हिमालयन शेर्पामाथि ४–३ को जित

आर्थिक सञ्जाल
१५ माघ २०७६, बुधबार १०:१८

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको पुछारमा रहेको सरस्वती युथ क्लबले पहिलो जित निकालेको छ । पुछारमा रहेको सरस्वतीले जित हात पारेसँगै पुछारकै अन्य टोलीमाथि भने दबाब परेको छ । सरस्वती क्लबले हिमालयन शेर्पा क्लबलाई ४–३ ले हरायो । सरस्वती क्लबको चार अङ्क छ । पाँच अंक सहित हिमालयन शेर्पाले लिग तालिकाको दोस्रो स्थानमा छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सरस्वतीका लागि काजिम बुसारीले दुई, विनोद केसी र मनिष थापाले एक एक गोल गरेका थिए । हिमालयनका लागि आशिष गुरुङ्, विजय श्रेष्ठ र रवि थापाले एक एक गोल गरेका थिए ।