१४ फाल्गुन २०७७, शुक्रबार

लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश दिने

आर्थिक सञ्जाल
१३ माघ २०७६, सोमबार १६:५६

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई आव २०७५÷०७६ को नाफाबाट १०.२३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ८८ करोड रुपियाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश मध्ये ९.७५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख बराबरको बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर बापत ०.४८ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार नगद लाभांश प्रस्ताव गर्ने निर्णय छ । उक्त लाभांश बीमा समितिबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित गरेपछि वितरण गर्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।