८ बैशाख २०७८, बुधबार

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको मृगौलियामा

आर्थिक सञ्जाल
१३ माघ २०७६, सोमबार १२:५३

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मोरङ्गको मृगौलियामा आफ्नो ४७ औं शाखारहित बैंकिङ्ग सेवाको सुरु गरेको छ । सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का वडा अध्यक्ष दोरीलाल चोेैधरी र सुन्दरहरैचा नगरपालिका सदस्य रामलाल गछधारले संयुक्त रुपमा उदघाटन गरेका थिए । उक्त बैंकिङ्ग सेवाका प्रतिनिधि देव नारायण चोेैधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे शाखारहित बैंकिङ्ग सेवा सञ्चालन भएको छ । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ ।
हालसम्म सनराइज बैंकले १३० वटा शाखा, ४७ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।