२५ बैशाख २०७८, शनिबार

प्रभु इस्योरेन्सको लाभांश प्रस्ताव

आर्थिक सञ्जाल
८ माघ २०७६, बुधबार १३:२५

काठमाडौ । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । प्रभु इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ ।
सोही बैठकले संस्थाको २४ औँ वार्षिक साधारणसभाको मिति र स्थान समेत तय गरेको छ । संस्थाले आफ्नो वार्षिक साधारणसभा काठमाडौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा आगामी माघ २४ गते आयोजना गर्ने निर्णय गरेको छ । सोही सभाले प्रस्तावित लाभांश पारित गर्दै सेयरधनीहरुलाई वितरण गर्नेछ ।
साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले यही माघ १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुन माघ ९ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।