२३ फाल्गुन २०७७, आईतवार

प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यको पदावधि थप

आर्थिक सञ्जाल
३ माघ २०७६, शुक्रबार १७:१६

आर्थिक सञ्जाल । प्रभु इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यको पदावधि थप भएको छ । प्रमुख कार्यकारी अधिकृत बज्राचार्यको पहिलो ४ वर्षे कार्यकाल गत पौष २९ गते समाप्त भएको थियो । २०७६ माघ १ गते देखि लागु हुने गरि अर्को ४ वर्षको लागि पदावधि थप भएको छ । लामो समयदेखि प्रभु इन्योरेन्समा आवद्ध रहनु भएका बज्राचार्यले त्रिभुवन विश्वबिद्यालयबाट एमबिए गर्नुभएको छ । साथै उहाँसंग सरकारी लगायत अन्य विभिन्न क्षेत्रको २५ वर्षको कार्य अनुभव समेत रहेको छ ।