१० बैशाख २०७८, शुक्रबार

नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर श्रेष्ठको पुनर्बहाली

आर्थिक सञ्जाल
३ माघ २०७६, शुक्रबार १७:०८

आर्थिक सञ्जाल । नेपाल राष्ट्र बैंकका निलम्बनमा परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाई दिएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले डेपुटी गभर्नर श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको जानकारी दिएका थिए । अर्थ मन्त्रालय मार्फत पठाइएको प्रतिवेदन अध्ययन पछि डेपुटी गभर्नर श्रेष्ठ निर्दोष रहेको पाइएकोले सफाइ दिइएको छ । यस सँगै श्रेष्ठको निलम्बन पनि फुकुवा भएको र अब नियमित काममा फर्किन पाउने भएको छ ।
प्रवक्ता बाँस्कोटाले श्रेष्ठमाथि आरोप लागेकाले छानबिन भएको तर अनुसन्धान रिपोर्टमा उनी विरुद्ध त्रुटी नदेखिएपछि सफाइ दिएको बताएका थिए । नेपाल राष्ट्र बैंकका सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकहरू रामजी रेग्मी र सुबोध कर्ण सदस्य रहेको समितिले श्रेष्ठ दोषी रहेको प्रतिवेदन पेश गरेको थियो ।
श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएको, निजी कम्पनी एनसेललाई सघाएको लगायतका आरोप समेत लागेको थियो । अनियमितताको आरोपमा परेका श्रेष्ठ गत कात्तिक १८ गतेदेखि निलम्बनमा परेका थिए ।