२४ फाल्गुन २०७७, सोमबार

अझै १२ स्थानिय तहमा बैंक पुग्न सकेनन्, सर्वसाधारण सिरानी मुनी पैसा राख्न बाध्य

आर्थिक सञ्जाल
१ माघ २०७६, बुधबार ११:११

आर्थिक सञ्जाल । काठमाडौं माघ १ सबै स्थानिय तहमा १८ महिना अघि नै पुग्नु पर्ने बैंक अहिलेसम्म पुगेका छैनन् । बैंकहरुको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकले अघिल्लो असारमसान्त भित्र ७५३ स्थानिय तहमा नै बैंकका शाखा पु¥याउन निर्देशन दिएपनि बैंकहरुले ती स्थानमा अहिलेसम्म शाखा पु¥याउन सकेका छैनन् ।
राष्ट्र बैंकले २०७५ को असारमसान्तसम्म सबै स्थानिय तहमा पु¥याउन निर्देशन दिएपनि केही बैंकले अहिलेसम्म पनि शाखा खोल्न नसकेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘राष्ट्र बैंकले २०७५ को असार मसान्तभित्र सबै स्थानिय तहमा शाखा खोल्न निर्देशन दिएको थियो,’ दाहालले भने, ‘हतार हतारमा हामीले शाखा खोल्यो तर, अरु बैंकले अहिलेसम्म पनि शाखा खोल्न सकेका छैनन् ।’
राष्ट्र बैंकले २८ (अहिले ग्लोवल आइएमइसँग जनता बैंक मर्ज भएपछि २७) वाणिज्य बैंकलाई सबै स्थानिय तहमा भागवण्डा गरेरै शाखा खोल्न निर्देशन दिएको थियो । त्यो निर्देशनलाई अटेर गर्दै भाका लम्बाउँदै आएका छन् । बैंक पुग्न नसकेका १२ स्थानिय तहका सर्वसाधारण नागरिक सिरानीमूनी पैसा राख्न बाध्य भएका छन् ।
आफ्नो भागमा परेको स्थानिय तहमा शाखा खोल्न नसक्नुको कारण राष्ट्र बैंकमा पेश गरेपछि केन्द्रीय बैंकले समयावधि थप्दै आएको छ । पछिल्लो पटक पुसमसान्त भित्र बैंकका शाखा अनिवार्य रुपमा स्थानिय तहमा पु¥याउन ताकेता गरिरहेको छ । उक्त अवधिमा पनि सबै स्थानिय तहमा बैंकका शाखा पुग्ने सम्भावना देखिएको छैन् ।
अहिले पनि स्थानिय तहमा बैंकका शाखा नपु¥याउने बैंकहरुले उपयुक्त भवन, बिजुली, सुरक्षाको कमी लगायतको कारण देखाउँदै आएका छन् । संघीय संरचना अनुसार बनाइएका ७५३ स्थानीय तहमध्ये हालसम्म ७४१ स्थानमा बैंकले शाखा स्थापना गरिसकेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । अझै पनि १२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छन् ।
प्रदेश ७ मा ८८ स्थानीय तह मध्ये ८३ वटा स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् । यो सबैभन्दा बढी बैंकको उपस्थिति नभएको प्रदेश हो । उक्त प्रदेशमा अझै ५ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् ।
प्रदेश ६ मा अझै १ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् । उक्त प्रदेशमा ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् ।
प्रदेश १ मा १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् । उक्त प्रदेशमा १ स्थानिय तहमा मात्र बैंकको शाखा पुग्न सकेको छैन । प्रदेश ३ का अझै २ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् । उक्त प्रदेशमा कुल ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् ।
प्रदेश २ मा १३६ स्थानीय तह मध्ये १३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । उक्त प्रदेशमा पनि २ स्थानिय तहमा बैंकका शाखा पुगेका छैनन् । प्रदेश ४ मा ८५ स्थानीय तह मध्ये ८४ स्थानीय तहमा बैंकका शाखा पुगिसकेका छन् । उक्त प्रदेशमा पनि १ स्थानिय तहमा बैंकको शाखा छैन् ।
प्रदेश ५ मा सबै स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । उक्त प्रदेशमा १०९ स्थानीय तह छन् । सबै स्थानीय तहमा बैंकका शाखा पु¥याउने अभियानमा लागेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले बताए । ‘अझै १२ स्थानीय तहमा बैंकको सेवा पुग्न बाँकी छ,’ भट्टले भने–‘ नपुगेका बाँकी ठाउँमा पनि पु¥याउने कोसिस गरेका छौं ।’
सञ्चालनमा रहेका २८ वाणिज्य बैंकले असोजसम्म ३८८४ पुगेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । पुससम्ममा अझै धेरै शाखा खुल्ने अनुमान गरिएको थियो । पुस मसान्तभित्र १२ स्थानीय तहमा बैंकका शाखा खोल्नुपर्ने भएकाले बैंकका शाखा अझै बढ्ने राष्ट्र बैंकको भनाइ छ । पुसभित्र सबै स्थानीय तहमा बैंकका शाखा खोल्न राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन दिएको थियो ।
वाणिज्य बैंक शाखा विस्तार गर्ने होडबाजीमा लागेका छन् । प्रत्येक दिन जसो एउटा न एउटा बैंकले शाखा विस्तार गरिरहेका छन् । पछिल्लो समय शाखा विस्तारलाई बैंकहरुले तीव्रता दिन थालेका छन् । सम्बन्धित क्षेत्रमा अर्को बैंक भन्दा आफ्नो बैंकको उपस्थिति मजबुत बनाउने ध्याउन्नमा बैंक लागिरहेका छन् ।
यसअघि शान्ति सुरक्षा, बिजुली र भवन अभाव लगायतका कारणले स्थानीय तहमा बैंक शाखा खुल्न सकेका थिएनन् ।
क्षेत्रगत रुपमा स्थानीय तहमा बैंकको पँहुच जसरी बढ्दै छ, जनसंख्याका आधारमा पनि बैंकको पहँुच बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले कुल जनसंख्याको ६० प्रतिशत भन्दा बढीलाई सेवा दिइरहेका छन् । पहिला ग्राहक बैंकमा धाउनु पर्ने स्थिति थियो । अहिले त्यो स्थितिमा परिवर्तन भएर बैंक ग्राहककहाँ पुग्न थालेका छन । बैंक तथा वित्तीय संस्थाको प्रतिस्पर्धात्मक उपस्थितिले विदेशबाट रकम पठाउने, साना व्यवसायी, उद्यमी र निक्षेपकर्तालाई सहज बनाइ दिएको छ । पछिल्लो समय बैंकहरुले प्रतिस्पर्धी रुपमा बजार विस्तार गर्दै लगेका छन ्।