१५ फाल्गुन २०७७, शनिबार

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा बंगलादेश प्रस्थान

आर्थिक सञ्जाल
२७ पुष २०७६, आईतवार १६:०५

 

काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा मित्रराष्ट्र बंगलादेश सेनाका सेना प्रमुख (Chief of Army Staff) General Aziz Ahmed, BSP, BGBM, PBGM, BGBMS, psc, G को औपचारिक निमन्त्रणामा आज पुस २७ गते ७ सदस्यीय भ्रमण दल सहित नेपाली सेनाको ःM-28 Skytruck विमानद्वारा बंगलादेश तर्फ प्रस्थान गर्नुभएको छ । प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो । उक्त अवसरमा नेपालस्थित बंगलादेशका महामहिम राजदूत, नेपाली सेनाका रथीबृन्द, नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति रहेको थियो ।
भ्रमणको दौरान प्रधानसेनापतिले बंगलादेशका विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटवार्ता लगायत ऐतिहासिक स्थलहरुको समेत भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति महारथी थापा ०७६ माघ १ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेना बीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।