८ बैशाख २०७८, बुधबार

सेञ्चरी बैंक र होटल अन्नपूर्णबीच सम्झौता

आर्थिक सञ्जाल
२३ पुष २०७६, बुधबार १२:५३

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं स्थित होटल डेल अन्नपूर्णबीच विभिन्न सुविधामा दिइने छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सेञ्चुरी बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरूलाई सहुलियत प्रदान गर्ने उद्दश्यले सम्झौता गरेको छ ।
सो सम्झौता अनुसार बैंकका ग्राहकहरूले होटल डेल अन्नपूर्णका साथै सो होटल अन्तर्गत जगतपुर लज, चितवन तथा फिसटेल लज,पोखरामा सेञ्चुरी बैंकको क्रेडिट वा डेबिट कार्डबाट महसुल भुक्तान गर्दा बेकरी तथा अन्य खाद्य र बेभरेजमा १ सय ५५ रुपैयाँसम्मको छुट पाउने बैंकले जनाएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्का र होटलका प्रमुख कार्यकारी अधिकृत राजु विक्रम शाहले हस्ताक्षर गरेका थिए।