
काठमाडौं । २८ वाणिज्य बैंक (अहिले घटेर २७) मध्ये २६ वटाले लाभांश घोषणा गरेका छन् । ती मध्ये केहीले बार्षिक साधारणसभा गरेर धमाधम शेयरधनीको खातामा रकम पठाइरहेका छन् । केही बैंकले भने वार्षिक साधारणसभा गर्दैछन् । अहिले पनि सेन्चुरी बैंकले लाभांश घोषणा घोषणा गरेका छैन् । उसले पनि लाभांश घोषणा गर्ने तयारीमा रहेको छ । पुस मसान्त भित्र वार्षिक साधारणसभा गरिसक्नु पर्ने भएकाले पनि धेरै जसो बैंकले लाभांशत घोषणा गरेर लाभांश वितरण गरिरहेका छन् । केही वाणिज्य बैंकले साधारणसभा गर्ने तयारीमा गरिरहेका छन् ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पु¥याए पनि नगद लाभांशसँगै बोनस शेयर दिइरहेका छन् । चुक्ता पुँजी ८ अर्ब पु¥याउनु पर्ने बाध्यता हुँदासम्म बोनस शेयर वितरण गर्दै आएका बैंकहरुले यसपालीदेखि नगदसँगै केही मात्रमा बोनस शेयर दिएका छन् । अहिलेसम्म लाभांश घोषणा गरेको २६ वाणिज्य बैंकमध्ये धेरैजसोले नगद बढी र बोनस कम वितरण गर्दै छन् । मेगा बैंक, सिभिल र स्टयाडर्ड चार्टर्डले त यसपाली नगद लाभांश मात्र वितरण गर्दैछन् । उक्त बैंकहरुले यस वर्ष बोनस सेयर दिएनन् ।
गत वर्षभन्दा यो वर्ष बढाएर लाभांश घोषणा गरिरहेका छन् । अधिकांश बैंकले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा नाफा बढी कमाएका कारण लाभांश दर पनि बढाएका हुन् ।
लाभांश घोषणा गर्न बाँकी सेन्चुरी बैंकले पनि सञ्चालक समितिमा लाभांश कति दिने भन्ने बारेमा छलफल गर्न थालेको छ । यसअघिका वर्षमा जस्तै यस वर्ष पनि बैंकहरूबीच लाभांश कसले बढी वितरण गर्ने भन्ने प्रतिस्पर्धा नै भयो ।
बर्षेपछि नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने घोषणा गरेपछि शेयर बजारमा एउटा तरंग नै आयो । यस वर्ष नेपाल बैंकले राम्रो लाभांश दिँदै छ भन्ने सन्देश पहिलेदेखि नै बजारमा फैलिएको थियो ।
लगानीकर्ताले सोचे अनुसार नै नेपाल बैंकले लाभांश दिने निर्णय गरेको छ । तर, लगानीकर्ताले सोच्दै नसोचेको ३५ प्रतिशत लाभांश एनएमबी बैैंकले दियो । यसले त बजारमा तहल्का नै मच्चाउने काम ग¥यो ।
एनएमबी बैंकले अहिले जति लाभांश घोषणा गरेको छ । त्यति लाभाशं अन्य कुनै वाणिज्य बैंकले घोषणा गर्न सकेनन् । बजारमा एक छत्र कायम गरेको हल्ला फैलाएका नबिल, स्टायण्डर्ड चार्टर्ड, एभरेष्ट बैंकलाई पछि पार्दै एनएमबी बैंकले उच्च लाभांश वितरण गर्ने प्रस्ताव ग¥यो । नयाँ बैंकले पुराना बैंकलाई उछिनेर लाभांश घोषणा गरेको यो पहिलो पटक हो । यसले के देखाउँछ भने नयाँ बैंक एग्रेसिभ रुपमा अगाडि बढेका छन र पुराना बैंक सुस्ताउन थालेका छन् ।
लाभांश घोषणा गर्न बाँकी सेन्चुरी बैंकलाई लाभांश बढी वितरण गर्न दवाव सिर्जना भएको छ । राष्टिय वाणिज्य बैंक भने सरकारी स्वामित्वको भएकोले सर्वसाधारणलाई सेयर जारी गरेको छैन् ।
बैंक बोनस सेयर नगद लभांश
एनआइसी एशिया बैंक १० ११.०५
सानिमा बैंक १० ११.०५
बैंक अफ काठमाण्डू ६ ११
माछापुच्छे बैंक ५ ११
सिटिजन्स बैंक ३ १२
कुमारी बैंक १० ०.५२
ग्लोबल आइएमई बैंक १२.७५ १२.७५
नेपाल एसबिआई बैंक ६ १०.८४
मेगा बैंक नगद मात्र ११.७५
जनता बैंक ६ ६
सनराइज बैंक १० ५.८
सिद्धार्थ बैंक १० १५.२६
प्रभु बैंक १६ ०.८४
नबिल बैंक १२ २२
नेपाल बंगालादेश ५ ७
लक्ष्मी बैंक १० ५
स्टयाण्डर्ड चार्टर्ड नगद मात्र २२.५०
एभरेष्ट बैंक ५ २०
सिभिल बैंक नगद मात्र ६.५७
नेपाल बैंक १५ १०
एनएमबी बैंक २१ १४
हिमालयन बैंक १० १२
नेपाल इन्भेष्टमेन्ट बैंक १०.५ ८.५
कृषि विकास बैंक ६ २४
प्राइम कमर्शियल बैंक १६
एनसिसि बैंक १५ ०.७८
लाभांश घोषणा गर्न बाँकी बैंक सेन्चुरी बैंक