१४ फाल्गुन २०७७, शुक्रबार

प्रभु पेबाट गंगालाल अस्पतालको टिकट

आर्थिक सञ्जाल
१६ माघ २०७६, बिहीबार १५:१८

काठमाडौं । १६ माघ प्रभु पे मोबाइल वालेट मार्फत गंगालाल अस्पतालको ओपीडी टिकट काट्ने सकिने भएको छ ।
मेडिफ्लो सोलुसनले प्रभु पे मोबाइल एप मार्फत घरबाटै टिकट काट्न सक्ने प्रविधिको विकास गरेको छ । अस्पतालले बिरामीको सजिलोका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मार्फत अनलाइन टिकट काट्ने व्यवस्था सुरु गरेको हो । यो सेवामार्फत टिकट काट्न मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ ।