२० फाल्गुन २०७७, बिहीबार

राजीव ढुंगाना नेविसंघ अध्यक्षमा

आर्थिक सञ्जाल
१६ माघ २०७६, बिहीबार १३:२७

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीका राजीव ढुंगानाको नेतृत्वमा नेपाल विद्यार्थी संघ गठन गरेको छ । महामन्त्रीमा काठमाडौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवर रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । नैनसिंह महर नेतृत्वको नेविसंघ विघटन गरेपछि गत वर्ष माघदेखि नेविसंघ नेतृत्व विहीन रहेको थियो । गत वर्ष फागुन १ गते नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले नेविसंघलाई नेतृत्व दिन सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको थियो । जिम्मेवारी पाएको एघार महिनापछि देउवाले बिहीबार नेविसंघ सभापति सहित महामन्त्रीहरू मनोनित गरेका हुन् । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम नेविसंघमा नेतृत्व दिइएको कांग्रेसले जनाएको छ ।