७ बैशाख २०७८, मंगलवार

इसेवाको नयाँ व्यावसायः अब रेमिटेन्स कारोबार गर्ने

आर्थिक सञ्जाल
१६ माघ २०७६, बिहीबार १३:०७

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले अब रेमिटेन्स कारोबार गर्ने भएको छ । नयाँ क्षेत्रमा आफ्नो व्यवसाय विस्तारको क्रममा ईसेवाले रेमिटेन्स क्षेत्रमा पनि हात हालेको हो । इसेवा मनी ट्रान्सफरलाई गत मंगलबार रेमिटेन्स कारोबार गर्नको लागी नेपाल राष्ट्र बैंकबाट अनुमति समेत प्राप्त भएको छ । कम्पनीले रेमिटेन्स कारोबारका लागि अनुमति पाएसँगै कम्पनीको प्रबन्ध निर्देशकको रुपमा अजेश कोइराला नियुक्त भएका छन् । प्रबन्ध निर्देशक कोइरालाका अनुसार अबको एक महिना भित्रै कम्पनीले उक्त सेवा सञ्चालन गर्नेछन । हालसम्म ईसेवाका ८० हजार एजेन्ट रहेका छन् ।