८ बैशाख २०७८, बुधबार

सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.को ३२% सेयर बोनस

आर्थिक सञ्जाल
११ पुष २०७६, शुक्रबार १९:५५

 

आथिक सञ्जाल । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, साँगा, बनेपा–१४, काभ्रेपलाञ्चोकको २०७६ पौष ११ गते शुक्रवार छैंठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सभा ले आर्थिक वर्ष २०७५÷०७६ को बार्षिक लेखा परीक्षण प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा÷नोक्सान र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गरि आ.व. २०७५÷०७६ असार मसान्तसम्मको चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद लाभांश पारित गरेको छ । साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने पश्ताब समेत पारित गरेको छ ।