६ बैशाख २०७८, सोमबार

साल्ट ट्रेडिङले दुई व्यक्तित्वलाई सम्मान गर्ने

आर्थिक सञ्जाल
९ पुष २०७६, बुधबार १९:५४

काठमाडौं । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यो वर्षका हेमबहादुर मल्ल पुरस्कार नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा.सुन्दुक रुइतलाई प्रदान गर्ने घोषणा गरेको छ । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत मंगलबार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त दुई जना व्यक्तित्वलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई नेपालमा लोडसेडिङ मुक्त गरेको र डा.सुन्दुक रोइतलाई आँखा रोग विशषेज्ञका रुपमा सम्मानित गर्न गईरहेको छ । उक्त पुरस्कार आज पुष ११ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने बताइएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पुर्व महाप्रबन्धक हेमबहादुर मल्लको कदर स्वरुप २०५९ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशी नगद दुई लाख रुपैयाँ रहेको छ । साथै सोही वर्षदेखि उक्त पुरस्कारबाट दुई जनालाई विशेष व्यक्तित्वहरुलाई सम्मानित गरिँदै आएको छ ।

स्व. मल्लले साल्ट टे«डिङ्ग कर्पोरेशनमा करिब २५ वर्ष महाप्रबन्धकको रुपमा काम गरी कर्पाेरेशनलाई विशेष योगदान पु¥याउनु भएको थियो । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा संयोजक रहेको यस पुरस्कारको छनोट समितिमा डा हिरामणि घिमिरे, लक्ष्मीदास मानन्धर, चाँदनी जोशी र केदार खड्का सदस्य रहनु भएको थियो ।

यस अघि उक्त पुरस्कारबाट डा. विमल कोईराला, अम्बिका श्रेष्ठ, खिलराज रेग्मी, उमेश मैनाली, देवेन्द्रराज पाण्डे, चाँदनी जोशी, केदारभक्त माथेमा, सुरेशराज शर्मा, महावीर पुन लगायत ११ जना सम्मानित हुनु भएको थियो ।