२४ फाल्गुन २०७७, सोमबार

गायक मनिष विश्वकर्माको नयाँ गीत आउन अँगालोमा सार्वजनिक

आर्थिक सञ्जाल
१९ मंसिर २०७६, बिहीबार १५:१४

 

काठमाडौं । लामो समयको अन्तरालपछि गायक मनिष विश्वकर्माको नयाँ गीत आउन अँगालोमा सार्वजनिक भएको छ । गीतमा प्रतिमाआचार्यले मनिषलाई साथ दिएकी छिन् ।
आधुनिक तथा चलचित्र शैलीको सो गीतमा साधारण घरको गायक प्रेमी र राजकुमारी प्रेमीका बीचको सम्बन्ध र आउने उतार चढाब देखाइएको छ । गीतमा पुर्वजन्म र वर्तमानको प्रेमलाई देखाइएको समेत गायक तथा एरेन्जर मनिषले जानकारी दिए ।
प्रितम राईको रिदमअवधारणामा निर्माण भएको गीतमाश्रद्धा सुमन सिलवाल र गायकमनिष स्वयंले अभिनय गरेका छन् । भिडियो निर्देशन पिटर प्रिन्स विश्वकर्माले गरेका छन् ।