
बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले अमेरिकाको लस एन्जेलिसमा १४४ करोड भारुको घर खरिद गरेका छन् । प्रियंका र निकले २० हजार वर्ग फिटको सम्पत्ति खरिद गरेको र यसका लागि उनीहरुले १४४ करोड भारु खर्च गरेको बताइएको छ । उनीहरुको यो आधुनिक घरमा सात बेडरुम, ११ बाथरुम, अग्लो छत र पर्याप्त खुल्ला स्थान छ । यसको पुष्टि प्रियंकाकी आमा मधु चोपडाले गरेकी हुन् ।