
कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरूलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजीनामा दिएका उल्लेख गरेको छ । सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गर्नुभएको वक्तव्यमा प्रधानमन्त्रीको राजीनामाको कारण भने केही खुलाएका छैनन् ।
सत्तारुढ सांसदहरूले संसद्मा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर विरोध गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिएका हुन् ।
खाडी राष्ट्र कुवेतमा मन्त्रिपरिषद् पुनर्गठन बेलाबखत भइरहने गरेको छ, र पछिल्लो मन्त्रिपरिषद् गठन भएको दुई वर्ष पनि पुगेको छैन (श्रोत : दियोपोस्ट डट कम )